इरानसँगको युद्धमा अमेरिकाले २ हप्तामै १२ अर्ब डलर खर्च गर्‍याे

इरानसँगको युद्धमा अमेरिकाले दुई हप्तामै १२ अर्ब डलर अर्थात् १७ खर्ब ७५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको विवरण सार्वजनिक भएको छ । गएको फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानमाथि संयुक्त आक्रमण शुरू गरेदेखि अमेरिकाले १२ अर्ब डलर खर्च गरिसकेको ट्रम्पका शीर्ष आर्थिक सल्लाहकारले बताएको समाचार संस्था अलजजीराले जनाएको छ ।

युद्धको लागत बढ्दै जाँदा र इरान युद्ध कहिले सकिन्छ भन्ने अस्पष्ट नहुँदा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनमाथि दबाव बढ्दै गएको खबरमा उल्लेख छ । ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले इरान युद्धको पहिलो हप्तामा मात्र ५ अर्ब डलरभन्दा धेरैको हतियार खर्च भएको बताउनुभएको छ । यद्यपि उहाँले इरान युद्धमा ठूलो रकम खर्च भइरहे पनि यसले अमेरिकी अर्थतन्त्रमा खासै असर नगर्ने दाबी गर्नुभयो ।

विश्वको २० प्रतिशत तेल आपूर्ति हुने ‘स्ट्रेट अफ हर्मुज’ मा इरानी अवरोधका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ । यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानमाथिको आक्रमण झनै तीव्र बनाउने चेतावनी दिएको छ । युद्धको खर्च बढिरहँदा रक्षामन्त्रीको भनाइसँगै आउँदा दिनमा सैन्य खर्च झन् बढ्न सक्ने सङ्केत गरेको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धको असर मध्यपूर्वभरि नै देखिएको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search