मिटरब्याज पीडकहरुमाथि कडा कारबाही गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन

काठमाण्डौ । मिटरब्याज पीडकहरुलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरुले आज पनि काठमाण्डौमा प्रर्दशन गरेका छन् । प्रहरीले पक्राउ गरेका शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरुलाई कारबाही हुनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

लाखौ रुपैयाँ ठगी गर्ने उनीहरुलाई कडा कारबाही गर्न आफूहरु भद्रकालीमा रहेको प्रहरी परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताउनुभयो । पीडकहरुले आफूहरुमाथि ठूलो अन्याय गरेकाले उनीहरुलाई सरकारले कडा कानूनी कारबाही गर्नुपर्ने उहाँको माग छ ।

पिडक पक्राउ पर्नु खुशीको कुरा भएको र कडा कारबाहीका लागि दबाब दिन आएको अर्की पीडित सुनिता चापागाईं खतिवडाले बताउनुभयो । केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरुले पिडकलाई कारबाहीको माग गर्दै आएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search