वर्तमान संविधानप्रति प्रतिबद्ध छाैँ : रवि लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । आज पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै सभापति लामिछानेले शासकीय स्वरूपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरू रहेको बताउनुभएकाे हाे ।

उहाँले वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति आफूहरूकाे प्रतिबद्धता नडगमगाएको उल्लेख गर्नुभयाे । पुराना नेताहरूले देशमा पुर्‍याएका योगदानलाई नजरअन्दाज गर्ने काम पनि गर्न नहुने उहाँकाे भनाइ छ ।

सभापति लामिछानेले भन्नुभयो, ‘वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिबद्ध छु । शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ । तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन । डगमगाउने वाला पनि छैन ।’

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search