सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ७ हजार ७ सय र अस्ति ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १ सय ५० र अस्ति ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search