सिलिचोङमा अन्तरपालिका भलिबल र ट्रेल रेस प्रतियोगिता हुने

संखुवासभा ।  सिलीचोड गाउँपालिकामा अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता र सिलिचोड ट्रेल रेस –२ सञ्चालन गरिने भएको छ । नवबर्ष २०८३ को पवन अवसरमा आगामी वैशाख १ गतेदेखि ६ गतेसम्म सिलीचोड –३ को ताम्कुमा प्रतियोगिता सञ्चालन गरिने सिलिचोङ गाउँ खेलकुद बिकास समितिका अध्यक्ष  खेवाहाङ मेवाहाङले जानकारी दिनु भयो ।

सिलीचोङ गाउँ खेलकुद विकास समितिले विगत ७ वर्षदेखि निरन्तर रूपमा खेलकुद क्षेत्रका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस वर्षबाट प्रतियोगितालाई थप परिस्कृत गर्दै पर्यटन प्रवर्द्न तथा आर्थिक विकासलाई प्राथमिकतामा राखेको अध्यक्ष मेवाहाङको भनाई छ ।

समितिले अघिल्लो वर्षदेखि सुरु गरेको ट्रेल रेस प्रतियोगिताले गाउँपालिकामा साहसिक खेलकुृदको विकास तथा प्राकृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको र यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षकरूपमा सञ्चालन गरिने वताईएको छ । गाउँपालिकाका सबै वडालाई समेट्ने गरी धावकहरूले डॉंडाकाँडा हुँदै धार्मिक तथा पर्यटकीय स्थलहरूको आनन्द लिने र दौड पुरा गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा छिमेकी जिल्लाका स्थानीय तहका खेलाडीहरूको समेत सहभागिता रहनेछ । यसैगरी प्रतियोगितामा सहभागी प्रत्येक टिममा सम्बन्धित जिल्लाबाहिरका ख्यातिप्राप्त बढीमा ३ जना खेलाडी सहभागी गराउन सकिने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा विजेता टोलीले २ लाख र उपविजेता टोलीले १ लाख तृतीय हनुले ३५हजार र सान्तवनाले २५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ४ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर र सेटर लाई जनही २ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। हेरक खेलमा म्यान अफ द म्याच घोषणा गरी सम्मनित गरिनेछ ।

यसैगरी सिलीचोड ट्रेल रेस–२ मा जम्मा ५० जना धावक सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार द्वितीयलाई १५ हजार तृतीयलाई ७ हजार चौथोलाई ५ हजार र पाँचौ, छैंटौ र सातौँलाई २ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search