चिचिलामा अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल र नृत्य प्रतियोगिता हुने

संखुवासभाको चिचिला गाउँपालिका वडा नं. ४ मत्स्यपोखरीमा नयाँ वर्ष २०८३ को अवसरमा अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल र नृत्य प्रतियोगीता हुने भएको छ । प्रतियोगीता चिचिला गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा स्वर्णिम मत्स्यपोखरी यूवा क्लवको सह आयोजना र वडा नं. ४ खेलकुद विकास समितिको सह प्रायोजनमा हुने भएको हो । प्रतियोगीतामा पुरुषतर्फ प्रथम हुनेले एक लाख ५५ हजार, दोस्रो हुनेले ६५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । यस्तै सेमिफाइनालिष्ट दुवै टिमले जनही २५ हजार पाउने छन् ।

त्यस्तैगरि महिलार्फ प्रथम हुने टिमले १ लाख, दोस्रो हुनेले ५० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् साथै सेमीफाइनालिष्ट दुई टिमलाई जनही १५ हजार प्रदान गरिनेछ । महिला पुरुष दुवै टिमका बेष्ट स्पाइकर, बेष्ट प्लेयर, बेष्ट सेटर, बेष्ट ब्लकर र बेष्ट लिबेरोलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगीतासँगै सामुहिक नृत्य प्रतियोगीता पनि हुनेछ । नृत्य प्रतियोगीतामा प्रथम हुनेले नगद २० हजार प्रमाण पत्र, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् । नृत्य प्रतियोगीतामा सहभागी २ देखी ६ जनाको समूह हुनुपर्नेछ । गीत नेपाली हुनुपर्ने र गीत अनुसारको पोसाक हुनु पर्नेछ । समूह दर्ता एक हजार लाग्ने छ र दर्ता बैशाख १ गते बिहान ८ बजेसम्ममा गरिसक्नु पर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रम चिचिला ४ मत्स्यपोखरीको खेल मैदानमा हुनेछ । कार्यक्रमको ६ दिन नै हेर्ने चित्र फेसबुक तथा यूटुवबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search