दुधनाथ आधारभूत विद्यालय आहाले ४४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

चैनपुर । दुधनाथ आधारभूत विद्यालय आहाले धर्मदेवी ७ अमरुवाको ४४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगीता सञ्चालन भएको थियो । उक्त कार्यक्रममा साबिक आँखिभुई गा.वि.स. स्तरीय आधारभूत तह कक्षा १–५ नृत्य प्रतियोगीता सञ्चालन गरिएको थियो । प्रतियोगीतामा फाक्सी आ.वि. प्रथम भएको थियो । प्रथम भएसँगै एक हजार पाँच सय प्राप्त गरेको हो ।

यसैगरि धर्मदेवी आ.वि. आछाम्बु दोस्रो भएको हो । उक्त विद्यालयका प्रतियोगीहरुले एक हजार दुई सय प्राप्त गरेका हुन् । यस्तै हाङमारानी आ.वि. गुराँसेका प्रतियोगीले तेस्रो भएसँगै नौं सय पाएका हुन् । त्यस्तै महेन्द्र मा.वि. पुपाङगु सान्त्वना भएसँगै पाँच सय प्राप्त गरेको हो । प्रतियोगी प्रथम र दितीयलाई विद्यालयका सदस्य घनेन्द्र राईले क्रमश २ हजार र १ हजार ५ सय र विद्यालयका १–५ का प्रथम द्धितीयलाई १७ हजार ५ सय बराबरको पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा विद्यालयका विभिन्न सदस्यता बापत प्रमाण पत्र प्रदान गरिनुका साथै मञ्जु जिमी स्मृती अक्षयकोषद्धारा पुरस्कार वितरण गरिएको छ ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुम बहादुर जिमीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि धर्मदेवी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नविन जिमी रहेका थिए । यस्तै विशिष्ट अथितीहरु अरुण गाउँपालिका भोजपुरका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, यू डब्ल्यू एस नेपालका अध्यक्ष खेमराज खड्का लगायतको विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनीधी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायत अभिभावकको उपस्थिती रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search