इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्प र नेतान्याहूको आश्वासनपछि कच्चा तेलको मूल्य केही घट्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको युद्ध छिट्टै अन्त्य हुने प्रतिक्रिया दिएलगत्तै कच्चा तेलको मूल्य केही घटेको छ । ट्रम्पले अमेरिकाले इरानसँग युद्ध अन्त्य गर्ने विचार गरिरहेको, तर अन्य देशहरूले होर्मुज मार्गको सुरक्षा गर्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ । यसअघि हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताउनुभएको थियो । यससँगै कच्चा तेलको मूल्य केही घटेको हो ।

व्यापारीहरूले ट्रम्प र नेतान्याहूको टिप्पणीलाई स्वागत गरेका छन् । तेलको मूल्य अझै पनि प्रति ब्यारेल १०० डलर वरिपरि छ तर इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ को प्रभावकारी बन्दकोबीचमा ग्याँसको मूल्य अत्यधिक बढेको छ । यसअघि कच्चा तेल (इन्धन) को मूल्य ११९ डलर प्रति व्यारेलसम्म पुगेको थियो ।

गएको फेब्रुअरी २८ तारिखमा इरानविरुद्ध शुरु भएको युद्ध अन्त्यबारे समयसीमा तय नभएको अवस्थामा नेतान्याहूको फरक टिप्पणी सार्वजनिक भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search