नासाले चन्द्र अभियानका लागि रकेट र अन्तरिक्ष यानलाई पुनः प्रक्षेपण स्थलमा पुर्‍यायाे

अमेरिकी अन्तरिक्ष निकाय नासाले आफ्नो आउँदो चन्द्र अभियानका लागि रकेट र अन्तरिक्ष यानलाई पुनः प्रक्षेपण स्थलमा पुर्‍याएकाे छ । यी दुवै संरचना केनेडी स्पेस सेन्टर, फ्लोरिडामा रहेको भेहिकल एसेम्बली बिल्डिङबाट ११ घण्टामा झन्डै साढे ६ किलोमिटर दूरी पार गरेर प्रक्षेपण स्थलसम्म पुर्‍याएको हो ।

नासाका टोलीहरू अहिले अन्तिम चरणको प्रक्षेपण तयारीमा जुटेका छन् । आर्टेमिस २ मिशनको प्रक्षेपण अप्रिल १ देखि अप्रिल ६ सम्ममा गर्ने लक्ष्य छ । यसअघि फेब्रुअरी २१ मा गरेको अन्तिम परीक्षणका क्रममा रकेटको माथिल्लो भागमा हिलियम प्रवाह हुन नदिने समस्या देखिएको थियो ।

त्यसपछि मर्मतका लागि रकेट र अन्तरिक्ष यानलाई पुनःएसेम्बली भवनमा फर्काइएको थियो । मर्मतका क्रममा इन्जिनियरहरूले विभिन्न प्रणालीहरू पुनःपरीक्षण तथा अद्यावधिक गरेका छन् ।

आर्टेमिस २ मिशनअन्तर्गत चार अन्तरिक्षयात्रीलाई झन्डै १० दिनको यात्रामा चन्द्रमाको परिक्रमा गराएर पुनः पृथ्वीमा फर्काइनेछ । यो यात्रा चन्द्रमाको सहतमा पुनः मानिस उतार्ने अमेरिकी लक्ष्यका लागि महत्त्वपूर्ण छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search