मध्यपूर्वमा तनाव कायमै रहेको बेला पनि नेपाली कामदार त्यसतर्फ जाँदै

काठमाण्डौ । मध्यपूर्वमा तनाव कायम रहेकै बेला पनि हजारौँ नेपाली कामदार रोजगारीको खोजीमा त्यसतर्फ जान बाध्य भइरहेका छन् । छोटो बिदामा घर आउनुभएका बुटवलका लिवेक महत पर्सि बुधवार कतार फर्कँदै हुनुुहुन्छ ।

साथीहरूले नआउनू भनेर सुझाव दिए पनि उहाँलाई मासिक २ लाख रुपैयाँ पाउने होटलको सेफको जागिर गुम्ने चिन्ता छ । यहाँ आएकाहरु खाडी फर्कदैछन् भने उता रहेका पनि स्वदेश आउन मानिरहेका छैनन् । कतारमा सेक्युरिटी गार्ड रहेका सुरवीर लामाकी श्रीमती रूमा लामाका अनुसार दुई छोराछोरीको पढाइ र घर बनाउने सपनाका कारण उहाँका श्रीमान् फर्किन मान्नुभएको छैन । श्रम मन्त्रालयले चैत ३ गते देखि रोकेको श्रम स्वीकृति आंशिक रूपमा खुला गरिसकेको छ ।

साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति दिइएको छ भने इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा भने स्थगन कायमै छ । वैदेशिक श्रम स्वीकृति शाखाका अनुसार अहिले दैनिक १ हजारदेखि १ हजार १ सयसम्म नेपाली पुनः श्रम स्वीकृति लिइरहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अहिले खाडी क्षेत्रमा १७ लाख २९ हजार नेपाली श्रमिक छन् । मन्त्रालयले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित बस्न आग्रह गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search