दिनभर उतारचढाव भएको शेयर बजार ५ अङ्कले बढ्यो

काठमाण्डौ । आज शेयर बजार परिसूचक नेप्से ५.०१ अङ्कले बढेर २९३६.६ विन्दुमा पुगेको छ । दिनभर उतारचढावमा रहेको शेयर बजार अन्तिममा बढेर बन्द भएको हो । दिउँसो २ बजेर ३४ मिनेटमा २ हजार ९ सय ११ अङ्कसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो ।

आज सबैभन्दा धेरै उत्पादन समुह साढे १ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह झन्डै एक प्रतिशतले घट्यो । कारोबारमा आएका २ सय ४२ कम्पनीमध्ये १ सय २ वटा कम्पनीको शेयर मूल्य बढ्यो, ५४ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रहृयो ।

आज चारवटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेपनि सिन्धु विकास बैंकको शेयर झन्डै साढे ३ प्रतिशतले घट्यो । नेप्से सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । हिजो २३ अर्ब ५९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज १५ अर्ब ७८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search