काठमाण्डाै । कपिलवस्तुको महाराजगञ्जमा लगाइएको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना निकालेर शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाएको जनाएको हो ।
जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयअनुसार बिहानैदेखि निषेधाज्ञा हटेको हो । यसअघि चैत ७ गतेदेखि विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा लगाइएकाे थियो । निषेधाज्ञा हटेसँगै त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।











