काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । भाउ बढेर आज सुन तोलाको दुई लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार ६ कारोबार दिन घटेको सुनको भाउ आज सातौँ दिन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको मङ्गलबार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो । त्यसयता निरन्तर घटेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ४१५ रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ५०५ रुपैयाँ रहेकोमा आज चार हजार ९२० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।











