न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले आज बिहान सामाजिक सञ्जालमार्फत घुँडाको शल्यक्रिया सफल भएको जानकारी गराएकी हुन् ।

न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमनसहितको टोलीबाट शल्यक्रिया सफल भएको हो । अब डाक्टरको निगरानीमा पुनर्स्थापना अर्थात् (रिह्याब) प्रक्रिया शुरू हुने साम्बाले बताएकी छिन् । अस्ट्रेलियन ‘ए’ लिगमा न्युजिल्यान्डको विलिंटन फिनिक्सबाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् ।

उपचारका लागि ठूलो रकम लाग्ने भएपछि साम्बाले सामाजिक सञ्जालमार्फत् सहयोगको अपील गरेकी थिइन् । कतारमा उपचार गर्ने प्रारम्भिक योजना रहे पनि खाडी क्षेत्रको अवस्थाका कारण न्युजिल्यान्डमै शल्यक्रिया गरिएको साम्बाले जानकारी दिएकी छिन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search