पाँचखपन १ पूर्ण खोप वडा घोषणा

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि पूर्ण खोप वडा घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, स्वमित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता नाराका साथ बुधबार वडा कार्यालयको सामुदायिक हलमा कार्यक्रम गरिएको थियो ।

आर्थिक वर्ष ०८२–८३ मा पाँचखपन १ मा पूर्ण खोप प्राप्त गर्ने १६ देखि ५९ महिनासम्मका र नियमित खोप पाइरहेका बालबालिकाको संख्या ९० रहेको र कुनै बालबालिका खोपमा छुट भएको नभेटिएको पाँखपन नगरपालिका स्वास्थ्य शाखा सह संयोजक घनेन्द्र पौडेलीले जानकारी दिए । उनले खोपकार्ड नभएका बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको र हरेक बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरेको जानकारी दिए । पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् घरधुरी सर्वेक्षणसमेत गरिएको थियो । सोही अवसरमा वडा कार्यालयले पूर्णखोप सुनिश्चितताको प्रतिबद्धता पत्रसमेत जारी गरेको छ ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search