भलिबलको राष्ट्रिय रेफ्री क्यान्डिडेट कोर्ष खाँदबारीमा सुरु

नेपाल भलिबल संघ त्रिपुरेश्वरको स्वीकृती, कोशी प्रदेश भलिबल संघको समन्वय तथा जिल्ला भलिबल संघ संखुवासभाको आयोजनामा भलिबलको राष्ट्रिय रेफ्री क्यान्डिडेट कोर्ष सुरु भएको छ । आगामी चैत्र १७ गतेसम्म खाँदबारिमा सञ्चालन हुने कोर्षमा कोशी प्रदेशका १४ ओटै जिल्लाबाट सहभागीता रहेको आयोजकले जनाएको छ ।

नेपाल भलिबल संघका उपाध्यक्षद्वय भरत शाह र गौतम प्रसाद लाशिभाको उपस्थितीमा रेफ्रि कोर्ष सुरु गरिएको हो । बिहिबार जिल्ला समन्वय समितिको हलमा औपचारिक उद्घाटन गरिएको कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख थपलियाले संघ र प्रदेशले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको भन्दै ध्यानाकर्षण गराउनु भएको छ । स्थानीय सरकारले बजेटको आकार अनुसार थोर बहुत आर्थिक व्यवस्थापन गरिरहेको र जुनसुकै खेलकुदका क्रियाकलापमा सहयोग गरिरहेको जानकारी दिनु भयो ।

खाँदबारी नगरपालिकाले खेलकुदको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो । कार्यक्रममा जिल्ला स्थित खेल सम्बद्ध कार्यालय र संस्थाका प्रतिनिधिहरु र प्रशिक्षक, प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search