काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र (बालेन) शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
रास्वपाको संसदीय दलकाे नेता चयन भएसँगै बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । रास्वपाले यसअघि नै शाहलाई प्रधानमन्त्रीकाे उम्मेदवार घाेषणा गरेर चुनावमा गएकाे थियाे । बालेन शाहले भोलि प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथ लिने कार्यक्रम पनि तय भएको छ ।











