काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गर्नुभएको छ । बालेनले आजै १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच शाहलाई शपथ गराउने कार्यक्रम छ । आजै मन्त्रिपरिषद् विस्तारको समेत तयारी भइरहेको छ ।










