मुस्ताङ एअरको हेलिकप्टर सम्पर्कविहीन, दोलखाको लाप्चामा खोजी शुरू

काठमाण्डाै । काठमाण्डौबाट दोलखाको लाप्चाका लागि उडेको मुस्ताङ एअरको नाइनएन–एएनओ नम्बरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । हेलिकोप्टर लाप्चामा अवतरण हुनुपर्ने तर दुई/तीन घण्टादेखि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सम्बन्धित निकायले दोलखाको लाप्चामा हुनसक्ने आशङ्कामा खोजी थालेका छन् ।

दोलखा आसपासमा पानी ठूलो परिरहेको र मौसम प्रतिकूल रहेको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले उज्यालोलाई जानकारी दिनुभयो । फोन नलाग्ने भएकाले थप जानकारी प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search