काठमाण्डाै । आज दिउँसोदेखि सम्पर्कविहीन भएकाे मुस्ताङ एअरको हेलिकप्टर दोलखाको लप्चीमा भेटिएको छ । प्रतिकूल मौसमका कारण हेलिकप्टर लप्ची गुम्बा नजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मुस्ताङ एअरको नाइनएन–एएनओ नम्बरको हेलिकप्टर सम्पर्कविहीन भएको थियो । मुस्ताङ एअरका प्रबन्ध निर्देशक रोनान लामिछानेले क्याप्टेन सुरज थापाको कमान्डमा रहेको हेलिकप्टरमा उहाँसहित पाँच जना रहेको र अहिले सम्पर्कमा रहेका बताउनुभयो ।










