ओलीको स्वास्थ्य परीक्षण गरिँदै : भोलि अदालतमा उपस्थित गराउने तयारी

काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्ज लगिएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

कुनै कसुरमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राख्नुअघि प्रहरीले स्वास्थ्य जाँच गराउने गर्छ । अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले बताउनुभयो ।

यसअघि काठमाण्डौको तीनकुनेमा रहेको एक अस्पतालमा पूर्व गृहमन्त्री रमेश लेखकको स्वास्थ्य परीक्षण गरिएको छ । आज बिहान प्रहरीले ओलीलाई गुण्डु निवासबाट र पूर्व गृहमन्त्री लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो ।

काठमाण्डौ प्रहरी परिसरका अनुसार आज शनिवार सार्वजनिक बिदा भएकाले भोलि आइतबार अदालततमा उपस्थित गराएपछि बयान प्रक्रिया शुरु हुनेछ ।

काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै उच्च सतर्कताका लागि सबै जिल्लाका सुरक्षा निकायलाई निर्देशन भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search