काठमाण्डौ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उत्पन्न परिस्थितिको विश्लेषणसहित पार्टीले चाल्ने अबका कदमबारे बैठकले निर्णय लिने नेताहरूले बताएका छन् । बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव महेश बस्नेतले बताउनुभएको छ ।
यस्तै पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा के गर्ने भनेर कांग्रेसका नेताहरू परामर्शमा जुटेका छन् । कांग्रेसले आज बिहान ११ बजे सांसदहरूको अभिमुखीकरण कार्यक्रम राखेको र त्यस अगाडि पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई आज बिहान सबेरै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।











