प्रहरीको लाठीचार्जबाट एमाले प्रदर्शनकारी घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।

माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको छ । आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी बर्साएको फुयालले बताए ।

सँगै रहेका महनगर –१ बस्ने युवराज ‌ओलीको टाउकोमा नै लाठी लागेको उनले जानकारी दिए । लाठी लागेर रगतपच्छे भएपछि उनलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको फुयालले जानकारी दिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search