ओली र लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उहाँलाई गैरकानूनी रूपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । याे रिटमा भोलि सुनुवाइ हुने भएको छ ।

यस्तै लेखकलाई गैरकानूनी रूपमा थुनामा राखिएकाे जिकिर गरिएकाे रिटकाे सुनुवाई पनि भाेलि नै हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search