काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अर्को तारेख तोकेको छ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आज अदालतबाट तारेख बुझेपछि अर्को तारेख आउँदाे वैशाख १४ गतेका लागि तोकिएको काठमाण्डाै जिल्ला अदालतले जनाएको छ ।
लामिछनेविरुद्ध स्वर्णलक्ष्मीका ६ सय ९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध २०८१ पुस २१ गते सङ्गठित रूपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाण्डाै जिल्ला अदालतमा परेको थियो ।










