इजरायली आक्रमणबाट लेबनानको २२ प्रतिशत खेतीयोग्य जमिनमा क्षति

इजरायली आक्रमणका कारण लेबनानमा २२ प्रतिशत खेतीयोग्य जमिनमा क्षति पुगेको छ । लगातारका इजरायली आक्रमणले कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत अर्थात् झन्डै ४६ हजार ४७९ हेक्टर जमिनमा क्षति पुगेको लेबनानको कृषि मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इजरायली आक्रमणबाट फलफूल र जैतुनका रुख, हरित गृह, साना र मध्यम आकारका फार्महरू सबैभन्दा धेरै प्रभावित भएका छन् । प्रभावित क्षेत्रका १५ हजार २५ किसानमध्ये ७६ दशमलव ६ प्रतिशत विस्थापित भएका छन् । विशेषज्ञहरूले यसरी ठूलो विस्थापनले कृषि उत्पादनमा निरन्तरता र खाद्य सुरक्षा जोखिम बढाउने चेतावनी दिएका छन् ।

यसैबीच मन्त्रालयले किसानहरूको प्रत्यक्ष सहयोगमा केन्द्रित प्रतिक्रिया योजना घोषणा गरेको छ । यसमा पशुपालन संरक्षण, खाद्य आपूर्ति शृङ्खला सुनिश्चित गर्नु, बजार सहयोग, मूल्य निगरानी मजबुत पार्नु र आवश्यकताहरू निरन्तर मूल्याङ्कन गर्न सम्बन्धित निकायसँग समन्वय गर्नु समावेश छ ।

यसका साथै आपत्कालीन कदमहरूमा एक हजार ५१२ किसानलाई सहयोग पुर्‍याउने, झन्डै २ हजार हजार परिवारलाई आश्रय प्रदान गर्ने र ८२० मौरीकोठा सुरक्षित ठाउँमा सार्ने काम पनि लेबनानी सेनासँगको सहकार्यमा सम्पन्न भएको खबरमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search