ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाण्डाै । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।

प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको छ भने स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट अदालती प्रक्रियामा सामेल हुनुभएको छ ।

यसैबीच ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ उहाँकी पत्नी राधिका शाक्यका तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमाथि भोलि बहस हुने भएको छ । अदालतमा आजै दर्ता भएको रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिशका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दाबी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search