काठमाण्डाै । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयले आउँदो जेठ १० गतेभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको हो । प्रतिनिधिसभा सदस्यहरूले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्ने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
सचिवालयले प्रतिनिधिसभा सदस्यहरूले बुझाएको सम्पत्ति विवरण पूर्णरूपमा गोप्य रहने बताएको छ ।











