प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सबै सांसदहरूसँग उनले आ–आफ्ना क्षेत्रगत समस्याबारे सोधखोज गर्नका लागि बोलाएका थिए ।

सो क्रममा धनकुटाबाट निर्वाचित एमाले सांसद राईले भने अध्यक्ष ओलीलाई रिहा गर्न माग गरेका हुन् । ‘हाम्रो अध्यक्षलाई प्रतिशोध साँधेर पक्राउ गर्नुभयो, तत्काल रिहा हुनुपर्छ,’ सांसद राईले प्रधानमन्त्री शाहसमक्ष राखेको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

ती सांसदका अनुसार, राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने विषयमा पनि उनले आपत्ति जनाए । ‘राम्रो काम गर्नै पनि भन्ने । अनि हामीले एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ ?,’ राईले असन्तुष्टि राख्दै भनेका थिए ।

यद्यपि उनले यी कुराहरू राख्दा प्रधानमन्त्री शाहले भने कुनै प्रतिक्रिया दिएनन् । ‘उहाँ (राजन्द्र राई) ले आफ्ना कुरा एकोहोरो राखिरहनुभयो । तर प्रधानमन्त्री (बालेन शाह) भने केही बोल्नुभएन । उहाँले जवाफ नै दिन चाहनुभएन,’ छलफलमा सहभागी ती सांसदले भने ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search