दार्चुलामा जीप दुर्घटना : सिँचाइ कार्यालयका २ जना कर्मचारीको ज्यान गयो

दार्चुला । दार्चुलाकाे शैल्यशिखर नगरपालिका–४ ओसिलामा आज बिहान जीप दुर्घटना हुँदा सिँचाइ कार्यालयका दुई जना कर्मचारीको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मालिकार्जुन गाउँपालिका–७ की मनिषा पाल र अर्का कर्मचारी शैल्यशिखर–१ का भरतबहादुर तितराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–४ का जीप चालक प्रकाश ठगुन्ना, विक्रम महर, अकबर महरा र मीनबहादुर पाल घाइते हुनुहुन्छ । उहाँहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

जीप दुर्घटना हुनुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search