काठमाण्डाै । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डाेलप्रसाद (डीपी) अर्यालले शपथ लिनुभएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयाेजित कार्यक्रममा सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हाे ।
शपथ समाराेहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा औपचारिक रूपमा निर्वाचित भएको घोषणा गर्नुभएकाे थियाे । सभामुखमा अर्यालकाे मात्रै उम्मेदवारी परेकाे थियाे ।











