खाँदबारी । नयाँ वर्ष २०८३ को अवसरमा पाँचखपन नगरपालिका वडा नं. ७ स्थित निमन गढीमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय मेला लाग्ने भएको छ । पाँचखपन नगरपालिका कार्यालय र पाँचखपन नगरपालिका वडा नंं. ७ को सहयोगमा मेला लाग्ने भएको हो ।
पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईको प्रमुख आतिथ्यतामा वैशाख १ गते राष्ट्रिय ख्याती प्राप्त कलाकार टिका प्रसाई तथा द भ्वाइस अफ नेपाल सिजन ६ टप ५ का कलाकार विराट तामाङ, नृत्यकार साजन राई लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
निमन गढी संरक्षण समितिको आयोजनामा सञ्चालित मेलामा एकल नृत्य प्रतियोगीता पनि हुनेछ । नृत्य प्रतियोगीतामा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार सान्त्वना हुनेले पाँच हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रम वैशाख १ गते बिहान १० बजेदेखी बेलुकी ७ बजेसम्म हुनेछ ।











