आज केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज देशका पहाडी तथा हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भएको छ ।

यतिबेला काठमाण्डौ उपत्यका सहित देशका केही पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो पनि हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने अनुमान छ ।

रातको समयमा हिमाली भूभागमा सामान्य तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही ठाउँमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

अहिले देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search