इजरायली–अमेरिकी आक्रमणमा इरानका गुप्तर प्रमुख खादेमी मारिए

इजरायली–अमेरिकी आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी) का गुप्तर प्रमुख माजिद खादेमी मारिएका छन् । आईआरजीसीले विज्ञप्ति निकालेर गुप्तचर प्रमुख मारिएका पुष्टि गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्ज र इजरायली रक्षा बल (आईडीएफ) ले माजिद खादेमीको हत्याको जिम्मेवारी लिएका बीबीसीले जनाएको छ । गएको वर्षको जुनमा भएको १२ दिने युद्धका क्रममा इजरायली आक्रमणमा मोहम्मद काजेमी मारिएपछि खादेमी आईआरजीसीको गुप्तचर प्रमुख नियुक्त भएका थिए ।

खादेमीले गएको जनवरीमा भएको सरकार विरोधी प्रदर्शनमा अमेरिका, इजराइललगायत १० देशका जासुसी संस्थाको भूमिका रहेको दाबी गरेका थिए । गएको फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण शुरू गर्दै सर्वाेच्च नेता आयतोल्लाह अली खामेनीसहित कैयौँ वरिष्ठ अधिकारीहरूको हत्या गरेको थियो । त्यसयता अमेरिका र इजरायलले इरानी वरिष्ठ अधिकारीहरूको हत्या गर्दै आएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search