संसद्लाई कार्यसम्पादनको प्रभावकारी केन्द्र बनाऔँ : सभामुख अर्याल

काठमाण्डाै । सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद्लाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा कार्यसूचीमा प्रवेश गर्नुअघि सम्बोधन गर्दै सभामुख अर्यालले संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूल मान्यतालाई व्यवहारमा उतार्दै संसद्लाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले संसदीय अभ्यासलाई सशक्त बनाउँदै संस्थागत विकास गर्न सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । सभामुख अर्यालले नयाँ पुस्ता, विशेषगरी नवयुवा तथा आमनागरिकका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सांसदहरूमा रहेको स्पष्ट पार्नुभयो ।

अर्यालले सभामुखको भूमिका निष्पक्ष र तटस्थ भएर निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search