काठमाण्डाै । प्रतिनिधिसभाबाट तीन वटा अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले यी अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराउनुभएको थियो ।
बैठकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक पर्सि मङ्गलवार दिउँसाे १ बजे बस्नेछ ।











