राष्ट्रियसभा उपाध्यक्ष भण्डारीकाे शपथ

काठमाण्डाै ।राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गाेपनीयताकाे शपथ लिनुभएको छ । भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामयमुकायमा प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको उपस्थिति थियो ।

एमाले सांसद भण्डारी हिजाे राष्ट्रियसभाकाे उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे थियाे ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search