नेपाल टेलिकमले डाटा प्याकेज सकिएपछि मुख्य ब्यालेन्स प्रयोग गर्नुअघि सूचना दिने

काठमाण्डाै । नेपाल टेलिकमले मोबाइल डाटा प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट स्वतः रकम काटिने पुरानो प्रणाली अन्त्य गर्ने भएको छ । यसको सट्टा ग्राहकले आफैँ निर्णय गर्न सक्ने विकल्प उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

डाटाको ९० प्रतिशत खपत हुनासाथ ग्राहकलाई पूर्वसूचना दिइनेछ र त्यसपछि नयाँ प्याकेज लिने वा ’पे–एज–यू–गो’ मोडमा जाने निर्णय ग्राहकले आफैँ गर्न पाउनेछन् ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरकाअनुसार यूएसएसडीमार्फत खरिद गर्ने डाटा प्याकमा यो सुविधा ३ देखि ५ दिनभित्र र मोबाइल एपमार्फत सेवा लिने ग्राहकका लागि ७ देखि १० दिनभित्र लागू हुनेछ ।

साथै नेपाल टेलिकमले ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनः प्राप्ति र सिम स्वामित्व हस्तान्तरणलगायत सबै प्रमुख सेवाहरू अनलाइन माध्यमबाटै उपलब्ध गराउने तयारी गरेको छ । यसले दुर्गम क्षेत्रका ग्राहकलाई समेत कार्यालय नधाई घरबाटै सेवा लिन सहज हुने अपेक्षा छ ।

यी सुधार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले अघि बढाएको १० बुँदे सुधारात्मक कार्ययोजनाकै हिस्सा हुन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search