राष्ट्रपति पौडेलले शुक्रवार संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रवार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले चुनावपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्ने व्यवस्था छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search