ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

काठमाण्डाै। पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको दाबी गर्नुभएको छ ।

हाजिरी जमानीमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गर्नुभएको छ ।

ओलीले आफू केही दिन अझै अस्पतालमै रहने पनि जानकारी गराउनुभएको छ । अस्पतालकाअनुसार आउँदो सोमवार उहाँको पित्तथैलीकाे शल्यक्रिया गर्ने तयारी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search