मकालुसँग चिचिला पराजित

चिचिला  । संखुवासभाको चिचिला गाउँपालिकामा जारी अन्तरपालिका स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगीतामा मकालु गाउँपालिकासँग चिचिला गाउँपालिका पराजित भएको छ । आज भएको महिलातर्फको तेस्रो खेलमा मकालु विजयी भएको हो ।

चिचिला एक सेट जितेको थियो भने मकालुले दुई सेट जितेको थियो । यसअघि भएको खेलमा पाँचखपन नगरपालिकासग मकालु गाउँपालिका पराजित भएको थियो । बिहीवार देखि सुरु भएको प्रतियोगिता वैशाख १ गते सम्पन्न हुनेछ । प्रतियोगीतामा पुरुषतर्फ ५ वटा टिम र महिलातर्फ ७ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पुरुष भलिबलतर्फको विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले शिल्ड, मेडल र प्रमाण पत्रसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई नगद २५,२५ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै महिला भलिबलतर्फ विजेताले शिल्ड, मेडल र प्रमाण पत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाईनलिष्ट दुवै टिमलाई १५,१५ हजार रुपैयाँ प्रदान गरिनेछ । साँस्कृतिक कार्यक्रमतर्फ सामुहिक नृत्य प्रतियोगिताको प्रथम, द्वतीय र तृतीय टिमले क्रमश ३०, १५ र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता समापनको दिन चर्चित कलाकार परेश राई र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने सामुहिक नृत्य प्रतियोगिता पनि हुनेछ । कार्यक्रमको हेर्ने चित्रमार्फत निरन्तर लाइभ भै रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search