महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन वटा रिट दर्ता, सबै रिटमाथिको सुनुवाइ आज

काठमाण्डौ । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा तीन वटा रिट निवेदन दायर भएका छन् । महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिविरुद्ध हिजो तीन वटा रिट निवेदन दर्ता भएका हुन् । तीनवटै रिटमाथिको सुनुवाइ आज हुने सर्वोच्च अदालतले जनाएको छ । अधिवक्ताहरू माधव बस्नेत, दीपकराज जोशीलगायतले महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले गएको चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

महान्यायाधिवक्तामा नियुक्त हुन कम्तीमा १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा डा कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search