राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी मनोनित

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन् ।

यसअघि राष्ट्रिय सभामा कांग्रेस दलको नेता राधेश्याम अधिकारी थिए । उनको कार्यकाल २०७८ साल फागुनमा सकिएपछि सो पद रिक्त थियो ।

चार वर्षे कार्यकाल समाप्त भएर विदा भएका २० सांसदहरुमध्ये अधिकारी पनि एक थिए ।

२० सदस्यको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search