बुबाको हत्या आरोपमा रुपन्देहीमा छोरा पक्राउ

रुपन्देही । रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक पुन पक्राउ परेका हुन् ।

आपसी झगडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्यान गएको थियो।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search