मकालु गाउँपालिकाद्धारा अरुण तेस्रो जाने सडक खण्ड बन्द

संखुवासभा । संखुवासभामा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो आयोजना स्थल जाने सडक अन्तर्गत मकालु गाउँपालिका सडकखण्ड आज (मंगलबार) बाट बन्द गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रमा ठुला मालवहाक सवारी साधन आवत जावतमा रोक लगाएको छ । गाउँपालिकाको देउरालीदेखि फ्याक्सीन्दा दोभानसम्म हेभी सवारी साधनहरु सञ्चालनमा बन्द गरिएको हो ।

सडक जिर्ण हुँदा गाउँपालिका क्षेत्रमा अत्यआवश्यक सवारी साधन समेत नचल्ने अवस्था सृजना भएपछि बन्द गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पाले बताए । आयोजना निर्माण कम्पनी, सडक विभाग जस्ता नियमक निकायले जीर्ण सडकको मर्मत नगरेकोले समस्या भएको छ । बर्खा लागेसंगै सडक जिर्ण भएसंगै एम्बुलेन्स जस्ता अत्यआवश्यक सवारी साधनहरु आवतजावतमा समस्या भएको छ ।

यो भन्दा अघि चिचिला गाउँपालिकाभित्र भने छ्याङ्कुटी–देउराली सडक खण्ड चिचिला गाउँपालिको बन्द गरेको थियो । बन्द गरेपछि सडक विभागले मर्मत गरेको थियो । कोशी ल्हासा राजमार्ग अन्तर्गत पर्ने यो सडक खाँदबारीदेखि माथिल्लो सबै भुभाग सडक जीर्ण अवस्थाको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search