मानेभञ्ज्याङमा पसल लुट्ने ३ जना पक्राउ

संखुवासभा । खाँदबारी ३ मानेभञ्ज्याङमा पसल लुट्न प्रयास गरेका ३ जना पक्राउ परेका छन् । वीरेन्द्रभगत श्रेष्ठको पसल लुट्न खोज्ने समूहका ३ जना स्थानीयको सहयोगमा प्रहरिले मंगलबार नै पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लुटेराको प्रतिकार गर्दा श्रेष्ठकी श्रीमती, छोरी र छोरा घाइते भएको प्रहरीले जनाएको छ । नकाव लगाएर मंगलबार बिहान १ बजेतिर उनीहरु पसल लुट्न गरेको प्रयास भने असफल भएको थियो । घाइते भएका सन्दीप भगत, निता र तारादेवी श्रेष्ठको उपचार भइरहेको छ ।

आक्रमणकारीले पसलमा चोरी गर्ने उद्देश्य राखेर मूलढोकाको ताला फुटाएका छन् । अर्को ढोकामा फुटाउने क्रममा होहल्ला भएपछि व्यापारीका परिवारलाई फलामको रडले प्रहार गरेको डिएसपी वीरेन्द्र गोदारले बताए । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरे पनि नाम सार्वजनिक गरेको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search