संखुवासभामा चोरीका घटना बढ्दै

संखुवासभामा हरेक वर्ष चोरीको घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षको घटनाक्रम हेर्दा चोरीको घटना बढ्दै गएको देखिएको छ ।

२०७६–७७ मा ६ ओटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । जसमा ७ जना पक्राउ परेको थियो । यस्तै ०७७÷०७८ मा ६ वटै घटनामा ८ जना पक्राउ परेको थियो । २०७८–०७९ मा १२ चोरीको घटनामा ३० जना पक्राउ परेका थिए । यस वर्षको सुरुवातीमा नै दुई ओटा घटना दर्ता भएको र ४ जना पक्राउ परेको प्रहरी नायव उपरिक्षक विरेन्द्र गोदारले बताउनु भयो ।

बढ्दो शहरीकरणसंगै मानिसका आकांक्षाहरु बढ्दै गएकाले चोरीका घटना पनि बढ्दै गएको गोदारले बताउनु भयो । चोरीमा संलग्न दोसीलाई कम सजाय हुने भएकाले समेत घटना बढेको उहाँले हेर्ने चित्रलाई बताउनु भयो । केही दिन अघि खाँदबारी ३ मानेभञ्ज्याङमा तीन जनाले नकावसहित पसल चोरी गर्ने प्रयास गरेका थिए । उक्त घटनामा संलग्न तीन जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search