मुस्ताङ उडेको समिट एअरको जहाज पोखरामा आपत्कालीन अवतरण

काठमाण्डौ । पोखराबाट मुस्ताङ उडेको समिट एअरको जहाजलाई आपत्कालीन अवतरण गराइएको छ ।

नाइन एनएकेएच कल साइनको जहाज बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियो । तर जहाज उडेको ७ मिनेटमा नै इन्डिकेटरमा समस्या आएको जानकारी पाइलटले गराएपछि पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जहाजमा १८ जना यात्रु रहेका थिए । पोखराबाट मुस्ताङ उड्ने अर्को जहाज नभएकाले यात्रुहरु रोकिएका छन् । प्राविधिक जाँच पछि मात्रै जहाज उडाइने विमानस्थल कार्यालयले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search