जनता समाजवादी संखुवासभाद्धारा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस

संखुवासभा । जनता समाजवादी पार्टी नेपाल संखुवासभाले आगमी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिबार पार्टीको जिल्ला समन्वय समितिको बैठकले प्रत्यक्ष तथा समानुपातिकतर्फ उममेदवार सिफारिस गरेको हो ।

जसपाले प्रतिनिधिसभाका लागि ५ जनाको नाम सिफारिस गरेको छ । जसमा दिपक कुमार याख्खा, सिताराम तिम्सिना, भवानी लोहोरुङ, इन्द्रहाङ किराती र दावाआङ्जुक शेर्पा रहेका छन् । यस्तै समानुपातिकतर्फ जीतमान गुरुङ, दुर्गामणी देवान, अञ्चल कुमार राई र टंक लोहोरुङ रहेका छन् ।

प्रदेशसभा क्षेत्र नं. कमा भरत किराती, फुर्वु लोमी भोटे र गोविन्द तामाङ रहेका छन् भने समानुपातिकतर्फ कवानसेन राई, कृष्णप्रसाद तामाङ, केदार राई, राम कुमार राई र विमला राई सिफारिस गरिएको छ ।

यस्तै प्रदेशसभा ख तर्फ भरत याख्खा रहेका छन् भने समानुपातिक तर्फ दिपक कुमार याख्खा, पूर्ण शेर्पा र मुना राई (लिम्बु) रहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search