मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभाबाट आज पारित गरिँदै

काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिँदैछ।

दिउँसो १ बजे बस्ने बैठकमा विधेयकमाथि छलफलपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पारित गर्न प्रस्ताव गर्नेछन्।

विधेयक प्रेस स्वतन्त्रताको विपक्षमा रहेको बताउँदै नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न संघसंगठनले विरोध गरिरहेका छन्।

नेपाल प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा प्रेस काउन्सिलको नाम परिवर्तन गरी मिडिया काउन्सिल बनाउन प्रस्ताव गरिएको छ।

तर काउन्सिल स्वायत्त संस्था हुने कतै उल्लेख नगरिएकाले सरकारले प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयक ल्याएको भन्दै विरोध भएको हो। मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलका पदाधिकारी सिफारिस गर्ने व्यवस्थाको पनि आलोचना भइरहेको छ।

सरकारले सरोकारवालाको सुझावअनुसार विधेयक संशोधन गर्ने आश्वासन दिएको छ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search